गण्डकी अंचलको मध्य भागमा अवस्थित १५४६२ कि.मि. क्षेत्रफलमा फैलिएको र ४६ गा. वि. स. र १ नगर पालिकामा बिभाजित भएको अति रमणीय जिल्ला तनहुँबाट यु. के. मा आई विभिन्न ठाउँमा छरिएर वसोवास गर्दै आउनुभएका सम्पूर्ण जातिहरु बिच भाषा, रितिरिवाज धार्मिक परम्पराको संरक्षण र सम्वर्धन गर्न पारस्परिक सहयोग, समझदारी, संस्कृति, सदभाव र सहयोगको भावानाको बिकास गर्न समग्र जात जातिको उत्थान प्रगती र पहिचान गाराउन विविध कार्यक्रमहरुको माध्यमबाट सामाजिक , आथिक , सांस्कृतिक एवम वौद्धिक क्षेत्रमा यथोचित योगदान पु-याउनको लागि एक संस्थागत व्यवस्था (सामाज) को आवश्यकता महसुस गरी यो ‘तनहुँ समाज २००८ यु. के.’ को गठन गरिएको छ । १९ जुलाई २००८ को प्रथम भेलाले पारित गरे अनुरुप तनहुँ समाज यु. के. को रुपमा रहेर न्यायिक प्रजातान्त्रिक सन्तुलिक तथा सौहार्दपूर्ण वातावरणबाट समाजलाई सञ्चालन गर्दै निरन्तरता प्रदान गर्न तनहुँ समाज यु. के. को विधिवत गठन भएको हो |